site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय सेनाको गोली लागेर सात माओवादी विद्रोहीको मृत्यु

रायपुर । भारतीय सेनाले बिहीबार सात माओवादी विद्रोहीलाई गोली हानेर मारेको छ । सेनाले छत्तीसगढ राज्यको बस्तर क्षेत्रको दुर्गम जंगलमा भएको झडपमा उनीहरूको मृत्यु भएको जनाएको छ ।

लामो समयदेखि जारी सशस्त्र द्वन्द्वलाई दबाउन सुरक्षा बलले प्रयास तीव्र पारेपछि पछिल्ला केही महिनामा भारतमा नक्सलवादी आन्दोलनका नामले चिनिने माओवादी विद्रोहीले व्यापक क्षति ब्यहोर्नुपरेको छ ।

दशकौँ लामो नक्सलवादी आन्दोलनका क्रममा १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । नक्सलवादी समूहका अनुसार भारतको संशाधन–समृद्ध मध्य क्षेत्रका सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि लडिरहेका छन् ।

हालैका वर्षहरूमा विद्रोह निकै खुम्चिएको छ र सुरक्षा बलको कारबाहीमा यस वर्ष २०० भन्दा बढी विद्रोही मारिएको सरकारी तथ्यांकले देखाएको छ ।

प्रहरी महानिरीक्षक पी सुन्दरराजले एएफपीसँग भने, “हालसम्म नक्सलवादी समूहको पोसाकमा रहेका सातजनाको शव फेला परेको छ । झडपमा थप व्यक्तिको पनि मृत्यु भएको अनुमान गरिएको छ । तर अन्य व्यक्तिको शव फेला परेको छैन ।”

भारतीय गृहमन्त्री अमित शाहले गत सेप्टेम्बरमा माओवादी विद्रोहीहरूलाई आत्मसमर्पण गर्न वा ‘चौतर्फी’ आक्रमणको सामना गर्न चेतावनी दिँदै सरकारले सन् २०२६ को सुरुसम्म विद्रोह अन्त्य गर्ने अपेक्षा गरेको बताएका थिए ।

सन् १९६७ मा सशस्त्र अभियान सुरु भएको जिल्लाको नामबाट नामाकरण गरिएका नक्सलवादीहरू चिनियाँ क्रान्तिकारी नेता माओत्सेतुङबाट प्रेरित भएको मानिन्छ ।

उनीहरूले स्थानीय बासिन्दाहरूका लागि भूमि, रोजगारी र यस क्षेत्रको अथाह प्राकृतिक स्रोतहरूको हिस्साको माग गरेका छन् र भारतको पूर्वी र दक्षिणका धेरै दुर्गम समुदायहरूमा आफ्नो छाप छोड्न सफल भएका छन् । सन् २००० को दशकको सुरुसम्म आन्दोलनले शक्ति र संख्या बढाएको पाइन्छ ।

नयाँदिल्लीले ‘रेड करिडोर’ भनिने क्षेत्रमा विद्रोहीविरुद्ध दशौँ हजार सुरक्षाकर्मी तैनाथ गरेपछि आन्दोलनले विस्तारै आधार गुमाउन थालेको देखिन्छ । त्यसपछि अधिकारीहरूले स्थानीय पूर्वाधार र सामाजिक परियोजनामार्फत् उक्त क्षेत्रमा लाखौँ डलर लगानी गरेका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro