site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घट्यो अन्तर–बैंक कारोबार
Tiktok banner adTiktok banner ad

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को चार महिना (साउन–कात्तिक)मा बैंक तथा वित्तीय संस्थाहरूबाट कुल पाँच खर्ब ३२ अर्ब १० करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ । 

गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा अन्तर–बैंक कारोबार घटेको हो । गत आर्थिक वर्षको साउन–कात्तिकमा कुल १९ खर्ब ५८ अर्ब ८७ करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको थियो ।

गत आर्थिक वर्षको साउन–कात्तिकको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा १४ खर्ब २६ अर्ब ७७ करोड रुपैयाँ कम हो ।

चालू वर्षको चार महिनामा वाणिज्य बैंकहरूको चार खर्ब ७० अर्ब ३० करोड रुपैयाँ र वाणिज्य बैंकहरूबीच बाहेक अन्य वित्तीय संस्थाबीच ६१ अर्ब ८० करोड रुपैयाँ अन्तर–बैंक कारोबार भएको छ ।

गत आर्थिक वर्षको साउन–कात्तिकको अवधिमा वाणिज्य बैंकहरूको १७ खर्ब ४३ अर्ब ९४ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुको दुई खर्ब १४ अर्ब ९३ करोड रुपैयाँ कारोबार भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro