site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चार महिनामा ५ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो, २ लाख ४१ हजारले लिए श्रम स्वीकृति

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/०८२ को चार महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको यसै अवधिका तुलनामा रेमिट्यान्स आप्रवाह ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने विप्रेषण (रेमिट्यान्स) आप्रवाह २२.५ प्रतिशतले बढेको थियो ।

चार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ४७ हजार ४७८ रहेको छ । यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ छ । दुवैगरी २ लाख ४१ हजार ५८३ जनाले श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १३७,४७५ र ६८,८४१ रहेको थियो । 

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ५ खर्ब ६८ अर्ब २६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro