site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्लोबल आइएमई बैंकको लाभांश पारित

काठमाडौं । ग्लोबल आइएमई बैंकको १८औँ वार्षिक साधारणसभाबाट लाभांश पारित भएको छ । बिहीबार काठमाडौंमा सम्पन्न बैंकको साधारणसभाबाट ५.५ प्रतिशत लाभांश पारित गरिएको हो ।

आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना सेयरधनीलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्तावलाई साधारणसभाबाट सर्वसम्मतिले पारित गरिएको छ ।

सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गरिएको छ । बोनस सेयर वितरणपश्चात् कायम हुने पुँजी वृद्धिको हदसम्म हुने गरी प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पनि पारित गरिएको छ ।

बैंकले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४८ करोड सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो । प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुग्नेछ । 

साधारणसभामा अध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिको पूर्ण परिपालना गर्दै सेयरधनीलाई उचित लाभांश प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए ।

ग्लोबल आइएमई बैंकले देशका ७७ वटै जिल्लामा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro