site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मस्कको सम्पत्ति साढे ४०० अर्ब, कुन कम्पनीमा कति सेयर ?

काठमाडौं । विश्वकै धनाढ्य अमेरिकी उद्यमी एलन मस्कको सम्पत्ति ४०० अर्ब अमेरिकी डलर नाघेको छ । कुल सम्पत्ति ४०० अर्ब नाघ्ने विश्वमा मस्क पहिलो व्यक्ति हुन् ।

ब्लुमबर्गको अर्बपत्ति सूचीअनुसार, उनको सम्पत्ति ४४७ अर्ब डलर पुगेको छ । मस्क विश्वकै ठूलो कार निर्माता टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

उनी अन्तरिक्ष कम्पनी स्पेसएक्स र सामाजिक सञ्जाल एक्सका मालिक पनि हुन् । मंगलबार स्पेसएक्सका लगानीकर्ता १.२५ अर्ब अमेरिकी डलरमा इन्साइडर सेयर किन्न तयार भएसँगै पछिल्लोपटक मस्कको सम्पत्ति बढेको हो ।

ब्लुमबर्गका अनुसार, टेस्लामा मस्कको १३ प्रतिशत सेयर छ । स्पेसएक्सको ४२ प्रतिशत सेयर मस्कसँग छ । सामाजिक सञ्जाल कम्पनी एक्सको ७९ प्रतिशत सेयर उनीसँग रहेको बताइएको छ ।

न्युरालिंक, एक्सएआई, बोरिङलगायत अरू कम्पनीमा पनि उनको हिस्सा छ ।

हाल विश्वकै धनाढ्यको दोस्रो नम्बरमा २४९ अर्ब डलरसहित अमेजोनका मालिक जेफ बेजोस छन् । तेस्रोमा फेसबुकका मालिक मार्क जुकरबर्ग २२४ अर्ब, चौथोमा ओराकलका ल्यारी एलिसन १९८ अर्ब र पाँचौँ नम्बरमा १८१ अर्ब अमेरिकी डलरसहित लुई भुटनका बर्नार्ड अर्नाल्ट छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro