site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महानगर दिवस मनाउन बालेनको अध्यक्षतामा मूल समारोह समिति गठन 

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३०औँ महानगर दिवस नागरिकसँगै मनाउने जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले दिवसलाई नागरिकको सहभागिता र नागरिकसँगै केन्द्रित गर्ने गरी कार्यक्रम तय गरेको जनाएको हो । 

जसअन्तर्गत सांस्कृतिक तथा सांगीतिक कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइने महानगरले जानकारी दिएको छ । दिवसको औपचारिक कार्यक्रम मंसिर २९ गते सैनिक मञ्चमा हुनेछ ।  

सांस्कृतिक तथा सांगीतिक कार्यक्रम अपराह्न ३ बजेदेखि टुँडिखेल मैदानमा हुने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । सांगीतिक कार्यक्रममा स्थानीय मौलिक परम्परागत परिकारको प्रवद्र्धन गर्नेगरी खाना मेला समेत हुने उनले बताए । 

त्यस्तै, एक वडा एक नमुना उद्यम कार्यक्रमबाट उत्पादित सामग्री तथा वस्तुको प्रदर्शनी गर्ने प्रवक्ता मानन्धरले बताए । 

यस वर्ष महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको महानगरले जनाएको छ । १९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । 

०५२ साल मंसिर २९ गते काठमाडौं नगरलाई काठमाडौं महानगर घोषणा गरिएको थियो । यसै दिनलाई महानगर दिवसका रूपमा मनाउने गरिएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro