site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पुराना ट्याक्सी एउटै किसिमको ईभीसँग साट्नुपर्ने व्यवस्था हटाइँदै, ह्याचब्याक र एसयूभी थपिँदै

काठमाडौं । वाग्मती प्रदेश सरकारले पुराना ट्याक्सीलाई विद्युतीयमा रूपान्तरण गर्ने सम्बन्धी व्यवस्था परिवर्तन गर्ने भएको छ । प्रदेश सरकारले काठमाडौं उपत्यकामा चल्ने २० वर्ष नाघेका सार्वजनिक यात्रुवाहक ट्याक्सीको लगतकट्टा गरेर सट्टा ट्याक्सी दर्ता गर्दा विद्युतीय ट्याक्सी दर्ता गर्नुपर्ने व्यवस्था गरेको हो ।

गत वर्षदेखि लागु भएको ‘सार्वजनिक यात्रुवाहक विद्युतीय ट्याक्सी सेवाको गुणस्तर, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७८’ले यस्तो व्यवस्था गरेको थियो । यस मापदण्डमा वाग्मती प्रदेश सरकारले पेट्रोलियम इन्धनका पुराना ट्याक्सी नयाँसँग साट्दा सेडा ईभीसँग मात्रै साट्न मिल्ने व्यवस्था गरेको थियो । निश्चित कम्पनीलाई मात्रै हित हुने गरी सरकारले यस्तो व्यवस्था गरेको भन्दै मापदण्ड लागु भएदेखि नै विवाद परेको थियो ।

Dabur Nepal
NIC Asia

प्रदेश सरकारले नयाँ ईभी ट्याक्सी साट्दा साधारण र विशेष ट्याक्सी भनेर दुई किसिमले छुट्याएको थियो । जसमा ती दुवैको सिट क्षमता, ब्याट्री तथा मोटरको क्षमतालगायत सबै किसिमका प्राविधिक विषयहरू यस्तो हुनुपर्ने भनेर उल्लेख गरेको थियो ।

विवादित उक्त सेडान सेग्मेन्टका विद्युतीय ट्याक्सीको हकमा मात्रै बनेको मापदण्ड फेर्ने तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ ।

वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले अहिले विस्तृत किसिमको नयाँ कार्यविधि बनिरहेको बताएको छ । मन्त्रालयका सचिव बलराम निरौलाले नयाँ मापदण्डमा अन्य किसिमका ईभीहरूलाई पनि समावेश गरिने बताए ।

“पुरानो मापदण्डमा सेडान ईभीहरूमात्रै उल्लेख थियो । अब ह्याचब्याक र एसयूभीलाई पनि समेट्ने गरी व्यापक किसिमको नयाँ कार्यविधि बनिरहेको छ,” प्रदेश सचिव निरौलाले भने ।

ट्याक्सी व्यवसायीहरूले सरकारले निश्चित कम्पनीलाई मिल्ने गरी मापदण्ड बनाएपछि आफूहरूलाई आर्थिक दबाब परेको गुनासो गरेका थिए । अन्य ब्रान्डका ईभीलाई ट्याक्सीकारूपमा दर्ता गर्न नपाउने भनेपछि सेडान सेग्मेन्ट भित्र्याइरहेको कम्पनीले मनपरि शुल्क लिने गरेको गुनासो व्यवसायीको थियो ।

प्रदेश सचिव निरौलाले नयाँ व्यवस्था बनिसकेपछि पास भएर कार्यान्वयनमा आउने मितिबारे भने बताएनन् । उनले चाँडै नै पुराना ट्याक्सी सट्टापट्टा गर्दा गर्दा सेडानबाहेकका ईभी पनि दर्ता गर्ने व्यवस्था लागु हुने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro