site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेन संकट समाधान पहिलो प्राथमिकता : ट्रम्प 

पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना आफूले कार्यभार सम्हाल्नेबित्तिकै युक्रेन युद्धको समाधान आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । 

“मलाई लाग्छ हामीले रुससँगको युक्रेनको युद्धको समाधान खोज्नुपर्छ,’’ अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले फ्रान्सेली पत्रिका पेरिस म्याचलाई शनिबार दिएको एक अन्तर्वार्तामा भने । 

Dabur Nepal
NIC Asia

“ती दुवै देशले ठूलो संख्यामा नागरिक गुमाइरहेका छन्, जसलाई कसैले पनि विश्वास गर्न सक्दैन। लाखौँ सैनिक मारिएका छन्,” ट्रम्पले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उच्च प्राथमिकताबारे सोधिएको प्रश्नको जवाफमा भने । 

“मध्यपूर्व निश्चित रूपमा एक ठूलो प्राथमिकता हो । मलाई लाग्छ, मध्यपूर्व रुससँग युक्रेनको युद्धको तुलनामा कम कठिन अवस्था हो,” ट्रम्पले भने।

उनले थपे, “तर यी दुई परिस्थितिहरू हामीले समाधान गर्नुपर्ने परिस्थितिहरू हुन् । यसका कारण धेरै मानिसहरू मरिरहेका छन्।”

ट्रम्प सन् २०१९ मा भएको भीषण आगलागीपछि ‘नोट्रे डम क्याथेड्रल’ पुनः सञ्चालनका लागि शनिबार पेरिस आएका थिए । फ्रान्स भ्रमणका क्रममा उनले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँ र युक्रेनका नेता भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए । जेलेन्स्कीले मंगलबार युक्रेनमा जारी युद्ध अन्त्यका लागि ट्रम्पको दृढ सङ्कल्पप्रति आफू कृतज्ञ रहेको बताएका थिए । 

“राष्ट्रपति जेलेन्स्कीसँग हाम्रो भेट भयो र भेटमा सकारात्मक कुराकानी भएको छ,” ट्रम्पले भने । ट्रम्पले २४ घण्टाभित्र युक्रेनको द्वन्द्व अन्त्य गर्न सकिने बताएका थिए । आइतबार उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’मा लेखेका छन्,“तत्काल युद्धविराम हुनुपर्छ र वार्ता सुरु हुनुपर्छ ।”

सिरियामा लामो समयदेखि राष्ट्रपति रहेका बशर अल असदलाई विद्रोहीले सत्ताच्युत गरेको सिरियामा हस्तक्षेप नगर्न पनि उनले वासिङ्टनलाई आग्रह गरेका छन् । “सिरियाले आफ्नो सुरक्षा गर्नुपर्छ,” ट्रम्पले अन्तर्वार्तामा भने । हामी सिरियामा संलग्न छैनौँ र हुने सम्भावना पनि छैन ।” रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro