site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिलो भारत–नेपाल पर्यटन सम्मेलन काठमाडौंमा सम्पन्न

काठमाडौं । पहिलो भारत–नेपाल पर्यटन सम्मेलन सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गरेको सम्मेलन मंगलबार काठमाडौंमा सम्पन्न भएको हो । 

सम्मेलन भारत र नेपालबीच 'सर्किट टुरिजम' कार्यान्वयनलाई प्रोत्साहन र उत्तर प्रदेशको प्रयागराजमा 'महाकुम्भ २०२५'को प्रवर्द्धनमा केन्द्रित थियो । 

Dabur Nepal
NIC Asia

सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरी, कार्यवाहक भारतीय राजदूत प्रसन्न श्रीवास्तव र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले उद्घाटन गरेका थिए । 

India-Nepal-(1)-1733902468.jpeg
सम्मेलनमा राज्यमन्त्री चौधरीले नेपालको पर्यटनमा स्थलमार्गबाट हुने अन्तरदेशीय पर्यटनको ठूलो योगदान रहेको बताए । 

कार्यवाहक राजदूत श्रीवास्तवले नेपालका र भारतका छिमेकी राज्यमा रहेका धार्मिक तथा सांस्कृतिक सर्किटहरूको प्रवर्द्धनमार्फत भारत–नेपाल पर्यटन क्षमताको पूर्ण सदुपयोग गर्न दुवै पक्षले निरन्तर संयुक्त प्रयास गर्नुपर्ने बताए ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सबैभन्दा ठूलो स्रोत भारत रहेको बताए ।

India-Nepal-(1)-1733902468.jpg
सम्मेलनमा भारतका १३ प्रतिनिधि र नेपालका ६० जना टुर अपरेटर सहभागी थिए । 

सम्मेलनमा स्थलमार्ग हुँदै अन्तरदेशीय पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ । रामायण र बुद्ध सर्किटको सन्दर्भमा दुवैतिरका टुर अपरेटरले दुवै देशका पर्यटकका लागि सम्भावित यात्रा योजनाबारे विचार चर्चा गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro