site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई सय चलचित्रकर्मीलाई परिचयपत्र वितरण गर्दै बोर्ड, के छ सुविधा ?

काठमाडौं । चलचित्र विकास बोर्डले चलचित्रकर्मीलाई परिचयपत्र वितरण गर्ने भएको छ । दुई सय चलचित्रकर्मीलाई बोर्डले परिचयपत्र वितरण गर्ने भएको हो । 

यो परिचयपत्रका लागि बोर्डले केही मापदण्ड तोकेको छ । मापदण्ड पूरा गर्ने चलचित्रकर्मीले मात्र चलचित्रकर्मी परिचयपत्र पाउनेछन् । 

“हामीले केही मापदण्ड तोकेका छौँ । त्यो मापदण्ड पूरा भएका व्यक्तिले चलचित्रकर्मी परिचयपत्र पाउनेछन्,” चलचित्र विकास बोर्डका सदस्य राजु केसीले बाह्रखरीसँग भने, “२० वर्ष चलचित्र क्षेत्रमा सक्रिय रूपमा काम गर्नुपर्नेछ । चलचित्र क्षेत्रमा प्रवेश गरेको २० वर्ष पूरा भएर पनि हुँदैन । लगातार काम गरेको हुनुपर्नेछ । बीचमा ब्रेक भएको छ भने त्यस्ता चलचित्रकर्मीले यो परिचयपत्र पाउनु हुने छैन ।” 

चलचित्रकर्मी परिचयपत्र पाएका चलचित्रकर्मीले के सुविधा पाउँछन् भन्ने प्रश्नमा बोर्ड सदस्य तथा परिचयपत्र वितरण कार्यक्रमका संयोजक राजु भन्छन्, “अहिले तत्काललाई केही छैन । तर, कस्तो सुविधा दिन सकिन्छ यसबारे केही न केही गर्नुपर्छ भन्नेमा छौँ ।” 

सुरुमा बिमा सुविधा मात्रै भए पनि ल्याउन सकिन्छ कि भन्नेबारे छलफल भइरहेको उनले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ११:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro