site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हुन्डाईको ‘डिसेम्बर डिलाइट’ : आकर्षक छुटदेखि विशेष लाभको अवसर
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘डिसेम्बर डिलाइट’ अभियान सुरु गरेको छ । ९ डिसेम्बरदेखि १५ डिसेम्बरसम्म चल्ने यो अभियानमा ग्राहकहरूले विभिन्न आकर्षक छुट तथा विशेष लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

‘डिसेम्बर डिलाइट’अन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्मको छुट, पाँच लाख रुपैयाँसम्मको एक्स्चेन्ज बोनस र एक वर्षको बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, यस अभियानमा जेरो कस्ट वनरसिप प्लान रहेको छ । जसमा ग्राहकले आफूलाई मन पर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन् । साथै, तीन वर्षको निःशुल्क चेक-अप, गाडी मर्मत सामग्री तथा विभिन्न वास कुपन र तीन वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिनेछ ।

हुन्डाई नेपालले ग्राहकको अनुभवलाई सधैँझैँ विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको जनाएको छ । देशभरिका सो–रुमहरूमा उपस्थित भई यस अभियानको फाइदा उठाउन सबै ग्राहकलाई कम्पनीले अनुरोध समेत गरेको छ ।

योमरी पुन्ही र उधौली पर्वका अवसरमा शनिबार नक्साल, भक्तपुर र थापाथाली सोरुममा पर्व विशेष कार्यक्रमको पनि आयोजना हुने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro