site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुगलले बनायो अत्याधुनिक चिप, १० सेप्टिलियन वर्ष लाग्ने समस्या पाँच मिनटमै समाधान
Tiktok banner adTiktok banner ad

काठमाडौं । गुगलले एक नयाँ अत्याधुनिक चिप सार्वजनिक गरेको छ । यो चिपलाई क्वान्टम कम्प्युटिङका क्षेत्रमा महत्त्वपूर्ण सफलता मानिएको छ ।

गुगलले यसलाई ‘माइन्डबोगलिङ’ क्वान्टम कम्प्युटिङ चिप भनेको छ । यसले हाल विश्वमा उपलब्ध सबैभन्दा तीव्र सुपर कम्प्युटरले १० सेप्टिलियन वर्ष लगाउने काम पाँच मिनेटमै गर्न सक्ने भनिएको छ । १० सेप्टिलियन वर्ष भनेको एकको पछाडि २५ वटा शून्य थप्दा हुन आउने वर्ष हो ।

गुगलले अनेकौँ ‘ब्रेकथ्रु’सहितको यो नयाँ क्वान्टम चिपलाई ‘विलो’ नामकरण गरेको छ । यसबाट ‘पार्टिकल फिजिक्स’को सिद्धान्तका आधारमा शक्तिशाली कम्प्युटर बनाउन सकिने भएको हो ।

विलो हालका निम्ति ठूलो मात्रामा ‘प्रयोगात्मक यन्त्र’ भएको विज्ञको भनाइ छ । अर्थात्, यो चिपबाट क्वान्टम कम्प्युटर बनाउन अझै वर्षौँको समय र अर्बौँ अमेरिकी डलर खर्च हुने बताइएको छ ।

क्वान्टम कम्प्युटरले हालको हाम्रो फोन वा ल्यापटपले भन्दा फरक तरिकाले काम गर्छ । निकै साना कणको व्यवहार अर्थात् क्वान्टम मेकानिक्सको प्रयोग गरेर यस्तो सुपर कम्प्युटरले पुराना कम्प्युटरभन्दा फरक तरिकाले काम गर्छ ।

क्वान्टम कम्प्युटरले ठूला र निकै जटिल प्रक्रियालाई सजिलै समाधान गर्ने हुँदा नयाँ औषधि पत्ता लगाउन सहयोगी हुने अपेक्षा गरिएको छ । यसले ‘इन्क्रिप्सन’ गरिएका डाटालाई तोड्न सक्ने हुँदा गोपनीयताको चिन्ता पनि छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro