site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चोभारको कवाडी संकलन केन्द्रमा आगलागी

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित चोभारमा आगलागी भएको छ । मंगलबार बिहान कवाडी संकलन केन्द्रमा आगलागी भएको हो ।

कवाडी संकलन केन्द्र र बंगुरपालन गरिएको ठाउँमा आगलागी भएको र अझै आगो नियन्त्रणमा लिन नसकिएको काठमाडौं महानगरपालिकाका सहायक निरीक्षक वसन्तकुमार श्रेष्ठले बताए । आगलागीको जानकारी हुनेबित्तिकै महानगरको टोली पुगेर नियन्त्रणमा लिने प्रयास गरिरहेको उनले जानकारी दिए ।

आगलागी भएको स्थानमा जस्तापाताका टहरा बढी भएका कारण नियन्त्रणमा लिन नसकिएको उनले बताए । स्काभेटर मगाएर जस्तापाता  हटाउने र आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको उनले जानकारी दिए ।

“यहाँ कवाडी, बंगुरपालन गरेको रहेछ । हामीले थाहा पाउनेबित्तिकै आएर आगो नियन्त्रण लिँदै छौँ । नियन्त्रण पूरा भएको छैन,” उनले भने, “लगभग आधाआधाजति नियन्त्रणमा आइसकेको छ । जस्ता भएको कारणले निभाउन अलि अफ्ठ्यारो छ । स्काभेटर बोलाएर निभाउने प्रयास गर्दै छौँ । आधा नियन्त्रणमा आएको छ । तीनवटा दमकल आएको छ । तीनवटाबाट निभाउने प्रयास भइरहेको छ ।”

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दालगायत मानिस र निकाय मिलेर आगो निभाउने प्रयास भइरहेको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ११:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro