site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चितवनविरुद्ध ब्याटिङ गर्दै लुम्बिनी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो पाँचौँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर चितवनले फिल्डिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङमा निम्त्याएको हो ।

जारी खेलको एक ओभर सकिँदा लुम्बिनीले विकेट नगुमाई एक रन बनाएको छ । लुम्बिनी प्रतियोगितामा जितविहीन एक मात्र टोली हो । लुम्बिनीले यसअघिका चारमध्ये चारै खेलमा हारको सामना गरेको थियो ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा लुम्बिनीले विराटनगर किंग्सविरुद्ध दुई विकेटको हार व्यहोरेको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटको फराकिलो हार व्यहोरेको लुम्बिनीले तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ४५ रनको र चौथो खेलमा जनकपुर बोल्ट्सविरुद्ध एक रनको हार व्यहोरेको थियो ।

यसैकारण प्रतियोगिताका प्लेअफमा पुग्ने गणितीय सम्भावना कायम राख्न आज लुम्बिनी जितको दबाबमा छ । आजको खेलमा पराजित भए लुम्बिनी आधिकारिक रूपमै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ ।

यता, प्रतियोगिताका चारमध्ये तीन खेलमा जित निकालेको चितवन आज जितसहित प्लेअफ सम्भावनालाई बलियो बनाउने लक्ष्यमा छ ।

चितवनले यसअघि प्रतियोगिताको आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको जित निकालेको चितवन तेस्रो खेलमा भने कर्णाली याक्सविरुद्ध ६ विकेटले पराजित भएको थियो । चौथो खेलमा चितवनले प्रतियोगिताको उपाधि दाबेदारका रूपमा हेरिएको सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ०९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro