site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
असदलाई अपदस्थ गरेकामा सिरियालीलाई हमासको बधाई

गाजापट्टी । हमासले सोमबार सिरियाली जनतालाई राष्ट्रपति बसर अल–असदलाई अपदस्थ गरेकामा बधाई दिँदै देशमा एकताको आह्वान गरेको छ ।

“हमासले स्वतन्त्रता र न्यायका लागि उनीहरूको आकांक्षा हासिल गर्न सफल भएकामा भाइचारा सिरियाली जनतालाई बधाई । हामी सिरियाली जनताका सबै घटकहरूलाई एकजुट हुन आह्वान गर्दछौँ,” प्यालेस्टिनी लडाकु समूहले विज्ञप्तिमा भनेको छ ।

Dabur Nepal
NIC Asia

बसर अल–असदको नेतृत्वमा सिरिया इरानको ‘प्रतिरोध अक्ष’को एक महत्त्वपूर्ण हिस्सा थियो तथा लेबनानको हिजबुल्लाह र हमासलाई समेत समावेश गर्ने बलको एक ढिलो गठबन्धन थियो ।

सन् २०२३ अक्टोबर ७ मा गाजामा हमाससँगको युद्ध सुरु भएदेखि इजरायलले सिरियामा इरानसँग सम्बन्धित लक्ष्यहरूमा आफ्नो हवाई आक्रमण बढाएको छ ।

यसअघि सोमबार प्यालेस्टिनी इस्लामिक जिहाद लडाकु समूह हमासले सिरियामा भइरहेका घटनाहरू ‘सिरियाको मामिला’ भएको र सिरियाले प्यालेस्टिनी जनताको समर्थन गरिरहोस् भन्ने आशा गरेको थियो ।

“सिरियामा जे भयो त्यो सिरियाको मामिला हो”, पिआइजेका महासचिव जिहाद अल–नखालाहले विज्ञप्तिमा भने, “हमास आन्दोलनले सिरिया प्यालेस्टिनी जनता र उनीहरूको न्यायपूर्ण उद्देश्यको सच्चा समर्थक र पक्षधर रहनेछ, जसरी यो सधैँ रहेको छ भन्ने आशा गरेको छ ।”

संयुक्त राष्ट्रसंघको प्यालेस्टिनी शरणार्थी एजेन्सी युएनआरडब्लूएका अनुसार सन् २०२२ मा चार लाख ३८ हजार प्यालेस्टिनी शरणार्थीका रूपमा सिरियामा बसोबास गरेका थिए । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  २३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro