site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सम्बन्ध सुधारका लागि भारतीय उच्च कूटनीतिज्ञ बंगलादेशमा
फाइल तस्बिर ।

काठमाडाैं । भारतका उच्च कूटनीतिज्ञ सोमबार बंगलादेश पुगेका छन् । विद्यार्थी नेतृत्वको क्रान्तिमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि उत्पन्न दुई छिमेकी देशबीचको तनाव कम गर्न भारतले दूत पठाएको हो ।  

पूर्वप्रधानमन्त्री हसिना प्रशासनलाई भारतले कडा समर्थन गरेको थियो । बंगलादेशमा विद्यार्थीले सरकारी जागिरको कोटा प्रणालीमा गरिएको अनियमिततालाई देखाउँदै सुरु गरेको आन्दोलनले उचाइ लिँदा ७७ वर्षीया हसिना आफ्ना परिवारका केही सदस्यसहित हेलिकोप्टरबाट नयाँदिल्लीमा पुगेकी थिइन् । 

बंगलादेशले उनको सुपुर्दगीको माग गर्ने घोषणा गरेको छ ।

नोबेल पुरस्कार विजेता तथा प्रजातान्त्रिक सुधारहरू कार्यान्वयन गर्ने जिम्मा पाएको अन्तरिम सरकारका नेता मुहम्मद युनुसको नेतृत्वको प्रशासनसँग भारतीय कूटनीतिज्ञले औपचारिक छलफलका लागि ढाका पुगेको यो पहिलो अवसर हो । 

भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्र हसिनाको बहिर्गमनपछि दुवै देशका उच्च अधिकारीबीच पहिलोपटक व्यक्तिगत बैठकका लागि सोमबार बंगलादेशको राजधानी ढाका पुगेका हुन् । 

“दुई देशबीचको सम्बन्धमा गुणात्मक परिवर्तन आएको छ भन्ने कुरालाई स्वीकारर्नु आवश्यक छ,” मिश्रको भ्रमणअघि आइतबार बंगलादेशका विदेशमन्त्री तौहिद हुसेनले भने, “वास्तविकतालाई स्वीकार गर्दै सम्बन्धलाई अगाडि बढाउनुपर्छ ।’’

मिश्रले ढाकामा रहँदा तौहिद र युनुससँग भेटघाट गर्ने कार्यक्रम छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro