site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहजिल्ला पुगेर आफैँ जग्गाधनी पुर्जा बाँड्दै प्रधानमन्त्री 

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापा पुगेर जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण कार्यको शुभारम्भ गरेका छन् । उनले झापाको गौरादह नगरपालिका–४ र ५ मा जग्गाधनी पुर्जा वितरणको शुरुआत गरेका हुन् ।

साबिक महारानीझोडा गाविसका चार हजार घरधुरीका करिब आठ हजार कित्ता जग्गाको नापी प्रमाणित नभएका कारण लामो समयदेखि समस्या झेलिरहेका स्थानीयवासीले नेपाल सरकारको पछिल्लो निणर्यसँगै जग्गा प्राप्त गर्न लागेका हुन् । वर्तमान सरकारले गठन आदेशबाट समिति बनाई समाधानको पहल गरेपछि जग्गाधनी प्रमाणपुर्जा वितरण कार्य सम्भव भएको हो ।

Argakhachi Cement Island Ad

सो अवसरमा प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि जनताको अवस्थामा परिवर्तन भएन भन्नेका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको दाबी गर्दै बताउँदै जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरूले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाए पनि त्यो कदापि सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठनका क्रममा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच भएको सहमतिअनुसार अबको १८ महिनापछि कांग्रेसका सभापतिलाई सत्ता हस्तान्तरण गर्ने पुनः स्मरण गराए । रासस

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्