देउखुरी (दाङ) । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले–कांग्रेस गठबन्धन सरकार गठन भएसँगै देशमा लगानीमैत्री वातावरण बनेको दाबी गरेका छन् ।
घोराही उपमहानगरपालिका–१० नारायणपुरमा नेत्रलाल स्मृति सभाहलको शिलान्यास गर्दै उनले दक्षिण एसियामा भारतपछि नेपाल बाह्य लगानीमा दोस्रो आकर्षणको मुलुक भएको जिकिर गरे ।
महासचिव पोखरेलले लागानीमैत्री वातावरण बनेकाले काम गर्न सहज भएको बताए ।
उनले नेत्रलाल अभागीको कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान रहेको बताए । शैक्षिक जागरण अभियानमा नेत्रलाल अभागीको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । महासचिव पोखरेलेले विद्यालय बनाउनेदेखि विद्यार्थीमा शैक्षिका जागरण ल्याउन अभागीको योगदान रहेको स्मरण गरे । रासस