site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाजुरामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, तीन घाइते
फाइल तस्बिर ।

बाजुरा । बाजुरा सदरमुकाम मार्तडीमा आइतबार दिउँसो स्कारपियो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घटनास्थलमै एकजनाको मृत्यु भएको थियो । जिल्ला अस्पतालमा उपचारका क्रममा अर्का एकजनाको मृत्यु भएको हो । तीनजना घाइते छन् ।

बडीमालिका नगरपालिका–८ स्थित मालिका मन्दिरमा दर्शन गरेर फर्कने क्रममा मार्तडी–कोल्टी सडकखण्डमा पर्ने अपि होटेलनजिकै सु प प्र ०१ ००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुर्घटनामा परी कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ की ३१ वर्षीया गायत्री पन्त र भीमदत्त–१८ की राधिका भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला अस्पताल बाजुरामा घाइतेको उपचार भइरहेको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro