site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आइपुगेका छन् । उनी भारत, श्रीलंका हुँदै नेपाल आएका हुन् ।

“आफ्नो दक्षिण एसिया भ्रमणको क्रममा उहाँले काठमाडौंमा नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्नुहुनेछ,” काठमाडौंस्थित अमेरिकी दूतावासले भनेको छ ।

Dabur Nepal
NIC Asia

यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने दाबी दूतावासले गरेको छ । 

भ्रमणले वातावरणीय सुरक्षा, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण, र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने पनि दूतावासले जनाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro