site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमन्त्री राणा नेदरल्यान्ड्स र जर्मनी जाँदै
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले युरोपेली राष्ट्र नेदरल्यान्ड्स र जर्मनीको भ्रमण गर्ने भएकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी शनिबार त्यसतर्फ प्रस्थान गर्नेछिन् ।

परराष्ट्रमन्त्री राणाले पहिला नेदरल्यान्ड्स र त्यसपछि जर्मनीको भ्रमण गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

नेदरल्यान्ड्समा उनी इन्टरनेसनल कोर्ट अफ जस्टीस (आईसीजे)मा उपस्थित भई जलवायु परिवर्तनका सम्बन्धमा नेपालको अडान राख्नेछिन् । सोमबार उनी आईसीजेमा उपस्थित भई नेपालको अडान राख्नेछिन् ।

जलवायु परिवर्तनको सम्बन्धमा नेदरल्यान्ड्सको हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतमा डिसेम्बर २ देखि १२ सम्म सार्वजनिक सुनुवाइ चलिरहेको छ । परराष्ट्रमन्त्री राणा यसैमा सहभागी हुन नेदरल्यान्ड्स जान लागेकी हुन् ।

आईसीजेमा हुने सुनुवाइमा सहभागी भएपछि परराष्ट्रमन्त्री राणा जर्मनी जाने कार्यक्रम छ । समान अधिकारसम्बन्धी एक कार्यक्रममा सहभागी हुन उनी जर्मनी जान लागेकी हुन् । कार्यक्रम डिसेम्बर १७ देखि १८ सम्म बर्लिनमा हुनेछ ।

जर्मनीका विदेशमन्त्रीको निमन्त्रणामा उनी उक्त कार्यक्रममा सहभागी हुन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

“युरोपमा रहँदा उहाँले बेल्जियम, लक्जेम्बर्ग, जर्मनी र युरोपियन युनियन लगायतका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ,” परराष्ट्रले विज्ञप्तिमा भनेको छ ।

परराष्ट्रमन्त्री राणाको पुस ५ गते स्वदेश फर्किने कार्यक्रम छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro