site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्युजिल्यान्डको हिमालमा बेपत्ता तीन आरोहीको ‘मृत्यु’
तस्बिर : एपी ।

वेलिंगटन । न्युजिल्यान्डको सबैभन्दा अग्लो हिमाल माउन्ट कुक आरोहणका क्रममा बेपत्ता भएका तीन आरोहीको ‘मृत्यु’ भएको प्रहरीले शुक्रबार जनाएको छ ।

‘मृत्यु’ हुनेमा ५६ वर्षीय अमेरिकी कर्ट ब्लेयर र ५० वर्षीय कार्लोस रोमेरोसहित एक क्यानेडियन आरोही (परिवारको इच्छाअनुसार नाम गोप्य राखिएको) रहेका बताइएको छ ।

दक्षिण टापुको तीन हजार ७०० मिटर अग्लो माउन्ट कुकको आरोहणबाट फर्कन नसकेपछि तीनैजना पाँच दिनअघि बेपत्ता भएका थिए । स्थानीय प्रहरी निरीक्षक विकी वाकरले भने, “शुक्रबार उनीहरू हराएको पाँचौँ दिन पुगेको छ । उनीहरू बाँचेको हुन सक्ने कुनै आधार छैन ।”

खतरनाक मौसमका कारण तीन दिनसम्म खोजीकार्य रोकिएको थियो । तर, शुक्रबारको अवस्थाले अल्पाइन इलाकामा खोजीका निम्ति हेलिकोप्टर र ड्रोन तैनाथ गर्न सहज भएको छ ।

खोजी टोलीले यसअघि उनीहरूको भनिएको एकथान ज्याकेट, हिउँमा बाटो बनाउन प्रयोग गरिने हतियार (हाते बन्चरो)लगायत सामग्री भेटिएको जनाएको छ ।

शुक्रबारको ड्रोन फुटेजमा पनि पदचिह्न पछ्याइएको र उनीहरू तीनैजनाले जुरब्रिगेन पहाडको चुचुरो काटेको संकेत देखिन्छ ।

वाकरले भने, “पर्वतारोहीहरू कति दिनदेखि हराइरहेका छन्, उनीहरूसँग कुनै सञ्चार छैन । हामीले प्राप्त गरेका सामानहरू र आज हाम्रो टोलीको समीक्षापछि ती व्यक्तिहरू बाँचेका हुन सक्ने कुनै आधार भेटिएन ।”

वाकरले तीनै आरोहीका परिवारसँग सम्पर्क गरिएको बताउँदै नयाँ सूचना वा विश्वसनीय दृश्य देखिएमा प्रहरीले पुनः खोजीकार्य थाल्ने बताए । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro