site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनआईएमबी बैंकले गर्‍यो चिडियाखानाको टिकट अनलाइनबाटै किन्न सकिने व्यवस्था

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी)ले चिडियाखानाको प्रवेश शुल्क डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । योसँगै ललितपुरको जावालाखेलस्थित नेपालको एक मात्र सदर चिडियाखाना अवलोकन गर्न प्रवेश शुल्कका निम्ति नगद बोक्नुपर्ने झन्झटको हटेको छ ।

एनआईएमबीले टिकट भुक्तानीका निम्ति डिजिटल माध्यमको व्यवस्था गरेसँगै अनलाइन भुक्तानी गर्न सकिने भएको जनाएको छ । अवलोकनकर्ताले आफ्नो मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दै प्रवेश टिकट पाउन सक्ने भएका छन् ।

नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रयोगकर्तालाई सहज डिजिटल बैंकिङ सेवा प्रदान गर्न अनलाइन टिकट शुल्क भुक्तानीको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro