site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार विजेता घोषित
Tiktok banner adTiktok banner ad

काठमाडौं । वर्ष २०८१ का निम्ति राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार विजेताहरूको नाम घोषणा गरिएको छ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विजेताहरूको नाम सार्वजनिक गरेको हो ।

बिहीबार (हिजो) काठमाडौंमा बसेको प्रतिष्ठान कार्यसमितिको बैठकबाट राष्ट्रिय कलाश्री सम्मान वरिष्ठ संस्कृतिविद् तथा शिक्षासेवी प्रा. डा. वीणा पौड्याललाई दिने निर्णय गरिएको छ । राष्ट्रिय कलाश्री पुरस्कार कवि तथा साहित्यिक अभियन्ता विश्वविमोहन श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

यस्तै, स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि तथा अनुवादक चन्द्र गुरुङलाई, बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार युवा पत्रकार तथा उपन्यासकार वसन्त बस्नेतलाई, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार प्रयोगवादी युवा चित्रकार सुनिल सिग्देललाई तथा पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार लोकगायक तथा संकलक कमलीकान्त भेटवालाई प्रदान गर्ने निर्णय गरिएको छ ।

राष्ट्रिय कलाश्री सम्मान ‘अमूल्य’ छ । राष्ट्रिय कलाश्री पुरस्कारका विजेतालाई ताम्रपत्रसहित एक लाख रुपैयाँ प्रदान गरिनेछ । स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारमा ७५ हजार, थिरछाया कलाश्री राष्ट्रिय ललितकला पुरस्कारमा ६० हजार र अरू पुरस्कारका विजेतालाई ताम्रपत्रसहित जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतिष्ठानका अध्यक्ष मेमिला जोशीका अनुसार, पुरस्कार समर्पण कार्यक्रम आउँदो माघ महिनाको अन्त्यतिर काठमाडौंमा आयोजना गरिनेछ । प्रतिष्ठानले कलाश्री सम्मान र पुरस्कारहरू विगत १६ वर्षदेखि निरन्तर प्रदान गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ०९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro