site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ब्याट्री र विद्युतीकरणको अनुसन्धानमा आईआईटीसँग हुन्डाईको सहकार्य

काठमाडौं । हुन्डाई मोटर ग्रुपले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी)सँग ब्याट्री र विद्युतीकरणमा संयुक्त अनुसन्धान गर्न सम्झौता गरेको छ । हुन्डाईले आईआईटी दिल्ली, आईआईटी मुम्बई र आईआईटी मद्राससँग सम्झौता गरेको मंगलबार घोषणा गरेको हो ।

हुन्डाई मोटर ग्रुपको प्रायोजनमा आईआईटी दिल्लीमा हुन्डाई सेन्टर अफ एक्सिलेन्स (सीओई)को स्थापना हुने भएको छ । सीओईको प्राथमिक लक्ष्य भारतीय बजारका निम्ति ब्याट्री र इलेक्ट्रिफिकेसन (विद्युतीकरण)मा आधुनिकता ल्याउनु रहेको कम्पनीले जनाएको छ ।

हुन्डाई मोटर ग्रुपका अधिकारीहरू, आईआईटी दिल्लीका निर्देशक प्रोफेसर रंगन बेनर्जी, आईआईटी मुम्बईका डीन सचिन सी. पटवर्धन र आईआईटी मद्रासका डीन मनु सन्थानमलगायत आईआईटी प्रतिनिधिको सहभागितामा आईआईटी दिल्लीमा आयोजित कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । यसको नाम हुन्डाई मोटर ग्रुप–आईआईटी हुन्डाई सीओई राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro