site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ओमोडा एन्ड जेइकोले ल्यायो एनपीएल विशेष ‘एनपीएल सिजन, डिल्स इन मोसन’ योजना

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को आधिकारिक ‘ड्रिभन बाइ’ सहप्रायोजक रहेको ओमोडा एन्ड जेइको नेपालले ‘एनपीएल सिजन, डिल्स इन मोसन’ योजनाको घोषणा गरेको छ । लिगको पहिलो संस्करणको उपलक्ष्यमा योजनाले ओमोडा एन्ड जेइकोको अत्याधुनिक गाडी खरिद गर्ने ग्राहकको लागि छुट तथा अफरहरू ल्याएको छ ।

योजनाअन्तर्गत ओमोडा इफाइभ वा जेइको जेसिक्स बुकिङ गर्ने ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस, ७ किलोवाटको चार्जर, अटो प्लस कम्प्रिहेन्सिभ बीमा र आर्थिक वर्ष २०८१÷८२ का लागि निःशुल्क सडक कर सुविधा प्राप्त गर्नेछन् । ओमोडा इफाइभ, ४३० किलोमिटरको डब्लूएलटीपी रेन्ज भएको पूर्ण–विद्युतीय एसयूभी हो जुन अत्याधुनिक डिजाइन, प्रविधि र सुविधाहरूको लागि उत्कृष्ट गाडीको रूपमा स्थापित छ ।

Dabur Nepal
NIC Asia

जेइको जेसिक्स, ४०० किलोमिटरको डब्लूएलटीपी रेन्ज भएको पूर्ण–विद्युतीय ‘फोर बाइ फोर’ अफ–रोडर एसयूभी हो जुन आकर्षक डिजाइन र कम्प्याक्ट अल–आल्मुनियम बडिको लागि परिचित छ ।

योजना अवधिभर, ग्राहकहरूले यी मोडलका गाडी उत्कृष्ट मूल्य तथा सहज फाइनान्सिङ सुविधासहित खरिद गर्न सक्नेछन् । पुस ६ गतेसम्म मान्य हुने योजनाका सुविधाहरूमा केही नियम तथा सर्तहरू पनि लागु हुनेछन् ।

ओमोडा इफाइभ डिलक्सको बजार मूल्य ५५.९९ लाख रहेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगको ‘ड्रिभन बाइ’ सहप्रायोजकका रूपमा, ओमोडा एन्ड जेइको, हरेक खेलमा नेपाली क्रिकेट, खेलाडी र दर्शकको समर्थन गर्दै सक्रिय उपस्थिति जनाइरहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ११:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro