site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सात बच्चाको हत्या गर्ने नर्स‍

काठमाडौं । सात बच्चाको हत्या गरेको अभियोगमा आजीवन जेल सजाय भोगिरहेकी नर्समाथि फेरि अनुसन्धान सुरु भएको छ । बेलायतको एउटा अस्पतालमा नवजात शिशुको उपचारमा संलग्न लुसी लेटबी नामक नर्सले अरू पनि बच्चाहरू मारेको हुन सक्ने आशंकामा फेरि अनुसन्धान थालिएको हो ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार, उनले सात बच्चा मारेको प्रमाणित भए पनि उनले अरू पनि बच्चा मारेको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ ।

३४ वर्षीया लुसी सन् २०१५ देखि २०१६ को अवधिमा उत्तर पश्चिम इंग्ल्यान्डको काउन्टेस चेस्टर अस्पतालमा कार्यरत थिइन् । यस अवधिमा उनले सात नवजात शिशुको हत्या गरिन् । र, थप सात वटा शिशुको हत्या गर्ने प्रयास गरिन् । सन् २०२३ को अगस्टमा उनलाई सातवटा नवजात शिशुको हत्या गरेको अभियोगमा आजीवन काराबासको सजाय सुनाइएको थियो ।

Dabur Nepal
NIC Asia

अनुसन्धानमा देखिएअनुसार उनी प्रमाण फेला नपर्ने गरी बच्चाको हत्या गर्थिन् । अस्पतालमा भर्ना गरिएका नवजात शिशुको रगत/नशामा उनी सुईमार्फत हावा पठाउँथिन् । श्वासप्रश्वासका लागि बच्चाहरूको नाकमा लगाउने ट्युबमार्फत उनी हावा र दूध पेटमा पठाउँथिन् । यतिमात्र होइन, बच्चाहरूलाई दिइने इन्सुलिनमा उनी जहर हाल्थिन् र सास फेर्न लगाइएको ट्युबमा छेडखानी गर्थिन् ।

बिरामी र कमजोर बच्चालाई उनले आफ्नो शिकार बनाउने गरेको अनुसन्धानले देखाएको छ । बच्चाको हत्या गरे पनि उनी बच्चाका अभिभावकका अगाडि रोएको नाटक गर्थिन् । आफूले मारेको बच्चालाई नुहाइदिएर उनी अभिभावकलाई दिन्थिन् ।

अहिले अनुसन्धानकर्मीहरूले लुसी अस्पतालमा कार्यरत रहँदा चेस्टर अस्पतालमा उपचार गराएका चारहजार बालबालिकको उपचारको प्रक्रियामाथि अनुसन्धान गरिरहेका छन् । ती बच्चाहरूको चेकजाँच र उनीहरूलाई के–कस्तो उपाचार गरियो भनेर अनुसन्धान सुरु भएको छ ।

अदालतले अस्पतालमाथि पनि प्रश्न गरेको छ । बच्चाहरूको मृत्यु हुन थालेपछि नवजात शिशुको उपचार र स्याहारमा संलग्न कर्मचारी फेरबदल नगर्नु अस्पतालको पनि गल्ती भएको अदालतको भनाइ छ ।

काउन्टेस अफ चेस्टर अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा. स्टिफन ब्रेअरीका अनुसार, सन् २०१५ को जुन महिनामा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाको हत्या गरेकी थिइन् । डा. स्टिफन पनि लुसीले अरू पनि बच्चाको हत्या गरेको हुन सक्ने शंका गर्छन् ।

बेलातयतमा आजीवन काराबासको सजाय पाउने लुसी तेस्रो महिला हुन् ।

इनभिट्रो प्रविधिबाट गर्भधारण गरेर जुम्ल्याहा बच्च पाएकी एक आमा भन्छिन्, "संसारमा मैले जति धेरे बच्चा कसले चाहन्थ्यो र ?"

तर, लुसीले उनका दुई बच्चामध्ये एकको हत्या गरिन् । र्कोलाई इन्सुलिनमार्फत विष दिएर आजीवन कमजोर हुने बनाइन् ।

लुसीले अस्पतालमा आफूले मारेका बच्चाहरूको अस्पताल रेकर्ड आफ्नो घरमा ल्याउने गर्थिन् । यसबाहेक उनले आफूले हत्या गरेका बच्चाका आमा बुबाका बारेमा अनलाइनमा खोज्ने गरेको पनि फेला परेको छ । प्रहरीले लुसीको घरबाट एउटा नोट पनि फेला पारेको थियो, जसमा लेखिएको थियो, "मैले तिनीहरूलाई जानाजान मारेकी हुँ । किनभने तिनीहरूको स्याहार गर्न म त्यति सक्षम थिइनँ । म भयानक राक्षस हुँ ।’

एपीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ०७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro