site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘कजारिया’ ब्रान्डका टायलको मूल्य २५ प्रतिशतसम्म घट्यो

काठमाडौं । व्यापारिक तथा औद्योगिक समूह रमेश कर्प र भारतको कजारिया सिरामिक्स लिमिटेडको संयुक्त लगानीमा नवलपरासीमा सञ्चालनमा आएको अत्याधुनिक उद्योगले ‘कजारिया’ ब्रान्डका टायलहरू नेपाली बजारमा ल्याएको छ । ‘कजारिया रमेश टायल्स लिमिटेड’ले नवलपरासीमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक उद्योग स्थापना गरेर उत्पादन सुरु गरेको जनाएको छ ।

हाल कजारिया ब्रान्डका ६००×६०० एमएम, ६००×१२०० एमएम साइजमा ग्लेज भिट्रिफाइड टायल्स र ४००×४०० एमएमका हेभी ड्युटी भिट्रिफाइड टायल्स उत्पादन तथा बिक्रीवितरण गरिरहेको छ । कम्पनीले निकट भविष्यमा ३००×६०० एमएमर ३००×४५० एमएम सिरामिक्स टायल पनि छिट्टै नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

अहिले कम्पनीले देशभर १०० भन्दा बढी डिस्ट्रिब्युटर र डिलरबाट कजारिया टायल्स बिक्रीवितरण गरिरहेको छ । निकट भविष्यमा आफ्नो बजारलाई आक्रामकरूपमा विस्तारको रणनीति बनाएको छ । कजारिया टाइल्स नेपालमै उत्पादन भएपछि पनि यसको उच्च गुणस्तर कायमै रहेको कम्पनीको दाबी छ । साथै, कजारिया टाइल्सको भारतबाट आयात गरी बिक्रीवितरण गर्ने भन्दा नेपालमै उत्पादन हुन थालेपछि २० देखि २५ प्रतिशतले सस्तो भएको छ ।

कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवालले नेपाली बजारबाट पाएको सकारात्मक प्रतिक्रियाबाट उत्साहित रहेको बताएका छन् ।

उनले भने, “हामी कजारिया टायल्सलाई नेपालमा प्रस्तुत गर्दा धेरै उत्साहित छौँ । नेपाली बजारले हाम्रो उत्पादसँग असाधारण माया र समर्थन दिएको छ । कजारिया टायल्सको माग दिन प्रतिदिन बढिरहेको छ र हामी हाम्रा ग्राहकको आवश्यकताअनुसार उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन प्रतिबद्ध छौँ । नेपालमा हाम्रा उत्पादनको बढ्दो मागले हामी विश्वस्त छौँ, नेपाली बजारमा कजारिया टायल्सको भविष्य उज्ज्वल छ ।”

कजारिया टायल्स नेपालमै उत्पादन हुन थालेपछि निर्माण व्यवसायमा नयाँ युगको सुरुवात गरेको छ, जसले गर्दा प्रिमियम गुणस्तरीय टायल्सहरू अझ सुलभ मुल्यमा सहज रूपमा उपलब्ध भइरहेका छन् । कजारिया टायल्सको सफलता नेपालको निर्माण उद्योगमा एक नयाँ बेन्चमार्क बनेको छ, जसले स्थानीय निर्माण व्यवसायीहरूको आवश्यकता र ग्राहकहरूको प्राथमिकतामा आधारित अन्तर्राष्ट्रिय उत्पादनहरू उपलब्ध गराइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro