site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चितवनमा रविको बयान जारी रहँदा सहकारीपीडितको प्रदर्शन 

काठमाडौं । सहकारी रकम दुरुपयोग प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जारी रहँदा सहकारीपीडितहरूले चितवनमा प्रदर्शन गरेका छन् । 

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका पीडितहरूले बचत रकम फिर्ता गर्नुपर्ने भन्दै बुधबार चितवनमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले गोर्खा मिडियामा गएको ६५ करोड रुपैयाँ फिर्ता गर्नुपर्ने माग राखेका छन् । त्यस्तै, उनीहरूले संसदीय छानबिन समितिको प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गर्न समेत माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले आफूहरूको रकम फिर्ताका निम्ति आवाज उठाउँदा राजनीतिक दलको आबद्धताको आरोप लगाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

उनीहरूले जीबी राईलाई पक्राउ गर, हाम्रो बचत रकम फिर्ता गरिदे सरकार लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro