site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गठबन्धन नगरी प्राप्त १९ सिट विशेष महत्त्वपूर्ण : विश्वप्रकाश 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह उपनिर्वाचनको नतिजालाई सकारात्मक रूपमा लिइएको बताएका छन् । उनले उपनिर्वाचन परिणामलाई पार्टीले उत्साहका रूपमा लिएको बताएका हुन् ।

उपनिर्वाचन हुँदा पनि मतदाताको उत्साहजनक सहभागिता, राजनीतिक दलहरूले पाएको मत, प्रणालीप्रति जनताको विश्वास र यही प्रणालीबाट समुन्नतिको बाटोमा हिँड्नुपर्छ भनेर राजनीतिक दलहरूलाई घचघच्याएको रूपमा यसलाई आफूहरूले बुझेको उनले उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

पार्टीले उपनिर्वाचनको प्रारम्भिक समीक्षा सार्वजनिक गरिसकेको उनले सुनाए । उनले उपनिर्वाचन भएका प्रत्येक वडा र पालिकामा अगाडिको निर्वाचन र पछिल्लोको अंकगणित के रह्यो भन्ने विषयमा पार्टी गम्भीर समीक्षामा लागेको बताए ।

उपनिर्वाचन भएका ४४ मध्ये १९ स्थानको नतिजा आफ्नो पक्षमा आएको उनले उल्लेख गरे । उनले एक्लै लडेर प्राप्त गरेको गुणात्मक मत अझै महत्त्वपूर्ण भएको बताए ।

महामन्त्री शर्माले पार्टीको महासमिति बैठकबाट एक्लै निर्वाचन लड्ने प्रस्ताव पारित गरिएको भए पनि केही ठाउँमा आत्मीयताका आधारमा मिलेर जानु स्वाभाविक भएको धारणा व्यक्त गरे ।

विश्वप्रकाश शर्माको भनाइ पढ्नोस्–
स्थानीय तहको उपनिर्वाचनको परिणाम स्वाभाविक रूपमा आगामी दिनहरूको लागि समीक्षा र विश्लेषण गर्ने रूपले महत्त्वपूर्ण छ । नेपाली कांग्रेसले हरेक चुनावलाई महत्त्वका साथ लिन्छ । कुनै पनि चुनावमा आफ्नो पार्टीको तर्फबाट लाग्ने एफोर्ट दिन्छ । कुनै पनि चुनावलाई खेलाँचीको रूपमा लिँदैन । पार्टीले उपनिर्वाचको तयारीका लागि मलाई जिम्मेवारी दिएपछि हामी तिहारपछि तयारीमा लागेका थियौँ । पार्टीका सबै साथीहरू सम्भव भएसम्म सबै जुट्नुभयो । अहिले परिणाम आइसकेपछि हामी प्रारम्भिक समीक्षा धारणा पनि प्रस्तुत गरिरहेका छौँ । प्रत्येक वडा र पालिकामा गम्भीर रूपमा अगाडिको निर्वाचन र पछिल्लो निर्वाचनको अंकगणित के रह्यो ? उपलब्धि हुँदै गर्दा कसरी भयो ? गुम्दै गर्दा कसरी गुम्यो ? भन्ने कुरा हामो सचिवालयले तथ्यांकसहित सबै तयारी गरिरहेकै छ । अहिले प्रारम्भिक रूपमा भनिरहँदा लोकतान्त्रिक प्रक्रियामा उपनिर्वाचन हुँदा पनि यो प्रक्रियामा मतदाताको उत्साहजनक सहभागिता र मुख्य राजनीतिक दलहरूले पाएको मत, प्रणालीप्रतिको विश्वास, यही प्रणालीबाट समुन्नतिको बाटोमा हिँड्नुपर्छ भनेर राजनीतिक दलहरूलाई घच्घच्याएको जनादेशलाई पुनर्ताजगी गरेको रूपमा हामीले बुझेका छौँ । नेपाली कांग्रेस पार्टीले अहिलेको चुनावमा कहाँ कमजोरी भयो ? त्यसको पनि समीक्षा गर्दै छ । के उपलब्धि भयो ? त्यसलाई पनि विश्लेषण गर्दै छ । उपनिर्वाचन परिणामलाई हामीले उत्साहका रूपमा लिएका छौँ । सकारात्मक रुपमा लिएका छौँ । यदि गणितीय हिसाबमा जाने हो भने नेपाली कांग्रेस ४४ स्थानमध्ये २७ वटा स्थानमा निर्वाचित भएको थियो । अहिले १९ ठाउँमा विजयी भयो । गणितीय व्याख्या गर्दा कम विजयी भएको देखिन्छ । ४४ स्थानमा १९ स्थान भनेको ४३ प्रतिशत जितेको अवस्था हो । त्यसका बाबजुद पनि नेपाली कांग्रेसले तत्कालीन चुनावको परिस्थिति, मनोविज्ञान, त्यस बेलाका समीकरण र अहिलेको परिस्थिति, मनस्थिति र समीकरणलाई हेर्ने हो भने गुणात्मक रूपले यो महत्त्वपूर्ण छ । गत निर्वाचनमा हामी कहीँ माओवादीसँग गठबन्धन गरेर लडेका थियौँ, कहीँ नेकपा (एकीकृत समाजवादी)सँग हाम्रो समीकरण थियो । गठबन्धन गरेर प्राप्त गरेको २७ वटा सिटभन्दा गठबन्धन नगरीकन प्राप्त भएको १९ सिट विशेष रूपले महत्त्वपूर्ण छ । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro