site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णालीविरुद्ध काठमाडौं फिल्डिङमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाजले पहिले फिल्डिङ गर्ने भएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर काठमाडौंले फिल्डिङको निर्णय लिँदै कर्णालीलाई ब्याटिङमा निम्त्याएको हो ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । दुवै टिम आज पहिलो जितको खोजीमा छन् । 

यसअघि पहिलो खेलमा कर्णाली याक्स जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । काठमाडौं गुर्खाजलाई चितवन राइनोजले पाँच विकेटले पराजित गरेको थियो ।

खेलमा कर्णाली याक्स सोमपाल कामीको र काठमाडौं गुर्खाज करण केसीको कप्तानीमा मैदान उत्रिनेछ । यी दुवै खेलाडी राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य हुन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ०९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro