site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मायोर्काको पोस्टमा बार्सिलोनाको पाँच गोल 

काठमाडौं । स्पेनिस ला लिगामा मायोर्काविरुद्ध ५–१ को सहज जित निकाल्दै बार्सिलोना पुनः अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति मायोर्काको मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन राफिन्हाले दुई गोल गरे । फेरान टोरेस, फ्रयांकी डि योङ र पाउ भिक्टरले समान एक गोल गरे । घरेलु टिमका भेडाट मुरिकीले एक गोल गरेका थिए ।

खेलको १२औँ मिनेटमा टोरेसको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । तर, ४३औँ मिनेटमा मुरिकीको गोलमा घरेलु टिम खेलमा फर्कियो । 

५६औँ मिनेटमा प्राप्त मिनेटमा राफिन्हाले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रतामा राखेका थिए । ७४औँ मिनेटमा राफिन्हाकै गोलमा बार्सिलोनाले अग्रतालाई ३–१ मा पुर्यायो । त्यसको पाँच मिनेटपछि डि योङले गोल गर्दा पाहुना टिमले अग्रतालाई ४–१ मा राखेको थियो । ८४औँ मिनेटमा भिक्टरले गोल गरेपछि बार्सिलोनाले ५–१ को सहज जित पक्का गरेको हो ।

जितसँगै १६ खेलबाट ३७ अंक जोडेको बार्सिलोना तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनालाई पछ्याइरहेको रियाल मड्रिडको ३३ अंक छ । तर, रियालले बार्सिलोनाभन्दा दुई खेल कम खेलेको छ । 

पराजित मायोर्का भने १६ खेलबाट २४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ०८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro