राजनीति
काठमाडौं । स्थानीय तहको उपनिर्वाचनबाट काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदमा निर्वाचित रोजिना श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
मंगलबार काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उमेदवार बनेकी थिइन् ।
२०७९ को स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको ०८० भदौ २१ गते निधन भएपछि रिक्त पदका निम्ति गएको मंसिर १६ गते उपनिर्वाचन भएको थियो ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठ दुई हजार ९०२ मत ल्याएर निर्वाचित भएकी थिइन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ १७:०१
प्रतिक्रिया दिनुहोस्