site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कतार एयरवेजले भैरहवा उडान रोक्यो
तस्बिर : प्रकाशबाबु तिवारीको फेसबुकबाट ।

काठमाडौं । कतार एयरवेजले भैरहवा उडान रोकेको छ । कतार एयरवेजले गएको कात्तिक २७ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरिरहेको थियो । मंसिर १५ देखि उक्त उडान रोकेको हो ।

विमान कम्पनीले यही मंसिर १५ सम्म रहेको भैरहवा विमानस्थलको उडान अनुमति नवीकरण गरेको छैन । कतार एयरवेजले भैरहवाबाट पुनः उडान अनुमति नलिएको नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

“कतार एयरवेजको उडान अनुमति नोभेम्बर ३० (मंसिर १५) सम्म थियो, नवीकरण गरेको छैन,” उनले बाह्रखरीसित भने ।

कतार एयरवेजले काठमाडौंबाट भने दुई उडान गरिरहेको उनले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro