site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुरूङमा फेरि पानी चुहिएपछि मध्य भोटेकोसी जलविद्युत् आयोजना झनै अनिश्चित 

काठमाडौं । गत पुस अन्तिममा ‘वेट टेस्टिङ’ गर्दा सुरुङबाट पानी चुहिएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनामा फेरि त्यही समस्या देखापरेको छ । झण्डै ९ महिना लगाउँदै टालिएको सुरुङमा फेरि पानी चुहिएको हो ।

मध्य भोटेकोसी आयोजनाका बोर्डरल्यान्डभन्दा माथिको सुरुङबाट पानी चुहिएपछि परीक्षण बन्द गर्नुपरेको आयोजना प्रमुख रामगोपाल शिवाकोटीले जानकारी दिए । मध्य भोटेकोसी आयोजना गत पुसमा गरिएको परीक्षणमा चुहिएको थियो । मध्यभोटेकोसी जलविद्युत् कम्पनीले निर्माण गरेको आयोजनाको ‘वेट टेस्टिङ’ गर्दा पानी चुहिएपछि ‘रेट्रोफिटिङ’ गरेको थियो । 

दोस्रोपटको परीक्षणमा पनि आयोजनाबाट पानी चुहिएपछि उत्पादन अनिश्चित बनेको छ । आयोजना बन्न नै १२ वर्ष लागेको थियो, त्यसमा पनि गुणस्तरीय नभएपछि दोस्रो पटकमा समेत परीक्षण असफल भएको हो । 

Dabur Nepal
NIC Asia

आयोजना निर्माण सुरु भएदेखि नै म्याद थप गर्दै आइरहेको थियो । गत वर्षको परीक्षणमा असफल भएको आयोजनाले ‘रेट्रोफिट’ पश्चात २०८१ को कात्तिकमा पुर्‍याएको थियो । ‘रेट्रोफिट’पश्चात पनि परीक्षणमा आयोजना असफल भएपछि अनिश्चित बनेको छ ।

“आयोजनामा दोस्रोपटक परीक्षण गर्दा केही सुधार भएको हो । पहिला पाँच ठाउँमा चुहिएको थियो । अहिले तीन ठाउँमा छ,” उनले भने, “विद्युत् उत्पादन गरिहाल्न चाहिँ समस्या आएको छ ।”

चार वर्षमा सक्ने गरी २०७० मा निर्माण सुरु गरेको आयोजनाले २०६८ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो । २०७४ मै विद्युत् उत्पादन गर्ने आयोजना निर्माण सुरु भएको थियो ।

तर, भुकम्प र नाकाबन्दीको कारण देखाएर विद्युत् उत्पादन मिति २०७६ पुर्‍यायो । २०७६ पछि कोभिड–१९ तथा आर्थिक मन्दीको असर भन्दै २०७८ पुर्‍याएको आयोजना कहिले आउने यकिन हुन सकेको छैन ।

दोस्रोपटक सुरुङ चुहिएपछि आयोजनाको परीक्षण रोकेर सुरुङ परीक्षण गर्न थालेको शिवाकोटीले जनाए । “सुरुङको पानी सबै खाली गराएर चुहिएको स्थानबारे प्राविधिक टोलीले परीक्षण गर्दै छ,” शिवाकोटीले भने । 

यसअघि पानी चुहावट भएको सुरुङको मर्मत गर्दा ग्राउन्डेड विधि अपनाएकाले डिफेक्ट आएको प्राविधिक हुन सक्ने उनको भनाइ छ ।  आयोजनामा भएको ढिलाइसँगै लागतमा पनि उच्च वृद्धि भएको छ । सुरुमा १२ अर्ब २८ करोड रुपैयाँ लागतको आयोजनामा भएको ढिलाइसँगै २० अर्बको हाराहारीमा पुगेको छ । 

पीपीए भएको १३ वर्ष र आयोजना निर्माण सुरु भएको ११ वर्षसम्म पनि आयोजना सम्पन्न हुन नसक्नुमा आयोजनाले ठेकेदारको गल्ती देखाउने गरेको छ । 

वेट टेस्टिङ र परीक्षण उत्पादन गरी गत वर्षको चैतबाटै व्यवसायिक उत्पादन सुरु गर्ने कम्पनीको तयारी थियो । तर, आयोजनाको गुणस्तरमा ध्यान नदिएका कारण ‘वेट टेस्टिङ’ गर्दा सुरुङबाट पानी चुहिएको थियो । 

सुरुङबाट पानी निस्केको विषयमा प्राविधिक विशेषज्ञले अध्ययन गर्न नै झण्डै ३ महिना लागेको थियो । यसअघि गत पुसमा ‘वेट टेस्टिङ’का क्रममा बाँधको संरचना सकेर सुरुङमा माघको तेस्रो साता पानी पठाइएको थियो । त्यसको केही दिनमा सुरुङबाट पानी चुहिएको थियो । 

प्रसारण लाइनमा समेत वर्षौसम्म समस्यामा परेको आयोजनामा अघिल्लो महिना सहमति भएको थियो । प्रसारण लाइन निर्माण २०७४ मा सुरु भएपनि स्थानीय जनता तथा राजनीतिक दलरूपले अवरोध पु¥याएका कारण लामो समय अवरोध भएको थियो ।

समयमा आयोजना र प्रसारण लाइन नबन्दा २० अर्बमाथि क्षति भएको शिवाकोटी बताउँछन् । सुरु गरेको ११ वर्षसम्म पनि आयोजना नसकिनुमा सिन्धुपाल्चोकको जुरे पहिरो, भारतीय नाकाबन्दी, भुकम्प, कोभिड जस्ता समस्या देखाउने गरेको छ ।

यस्तै सिभिल तथा हाइड्रोमेकानिकलको काम इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) ढाँचामा ठेक्का लिएको चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कार्यसंपादन कमजोर हुँदा पनि आयोजनाको काम निकै ढिला भएको थियो ।

आयोजनाको प्रवद्र्धक मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरणको दश प्रतिशत संस्थापक सेयर छ । चिलिमेको प्रबन्ध–सञ्चालक हुँदा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नै आयोजना अगाडि बढाएका थिए । 

मध्य भोटेकोसीमा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेस्टमेण्ट कम्पनीको १ र सिन्धु भोटेकोसी हाइड्रोपावरको १ प्रतिशत गरी ५१ प्रतिशत संस्थापक सेयरधनी रहेका छन् ।

त्यस्तै ४९ प्रतिशत साधारण सेयरधनीमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत सेयर छ । 

कम्पनीले साधारण सेयर निष्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्तारूपमा १० लाख ७५ हजार छन् ।

आयोजनाले वार्षिकरूपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्नेछ । यसबाट वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुने कम्पनीले जनाएको छ । 

प्रसारण लाइनतर्फ समस्या भएपनि २२०÷१३२ केभी सबस्टेसन निर्माण भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बाह्रबिसे सबस्टेसनमा २२०÷१३२ केभी, १६० एमभीए र १३२÷११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मर सहित सबस्टेसन तयार रहेको प्राधिकरणले जनाएको छ ।

ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरणको परीक्षण सम्पन्न भइसकेको छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ ।  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा रहेको सबस्टेसनमा मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ । मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने प्राधिकरणले जनाएको छ ।

निर्माण सकिएपछ मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिंगल सर्किट प्रसारण लाइनको टावररूप निर्माण गरिसकेको छ ।
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro