राजनीति
काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उमेदवार नरपुर बुढाको अग्रता कायमै छ ।
आइतबार भएको उपनिर्वाचनको जारी मतगणनामा उनी नेपाली कांग्रेस र नेकपा (एमाले)को साझा उमेदवार केशकुमारी तुलाचनभन्दा ८२० मतले अगाडि छिन् ।
बुढाले एक हजार आठ सय ७८ मत ल्याउँदा तुलाचनले एक हजार ५८ मत प्राप्त गरेकी छन् । यहाँ दुई उमेदवार मात्रै छन् । कांग्रेसको चुनाव चिह्नबाट उमेदवार बनेकी तुलाचन नेकपा (एमाले) रुकुम पूर्वको उपसचिव हुन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ १३:१९
प्रतिक्रिया दिनुहोस्