site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादी छाड्दा पालिका अध्यक्ष उपहार ! 

काठमाडौं । दैलेखको महाबु गाउँपालिका अध्यक्ष पद नेकपा (एमाले)को पक्षमा परेको छ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्य रहेका जंगबहादुर शाहीलाई पार्टीमा भित्र्याउँदा एमालेले नेपाली कांग्रेसलाई धक्का पुर्‍याएको हो । 

गाउँपालिका अध्यक्षमा एमालेका उमेदवार शाही तीन हजार १२७ मत ल्याएर निर्वाचित भएका हुन् । उनी गएको कार्तिक २७ गते एमालेमा फर्किएका थिए । त्यसपछि एमालेले उनैलाई उमेदवार बनाएको हो । 

सोमबार बिहान सार्वजनिक भएको मतपरिणामअनुसार कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार ६७५ मत पाए । नेकपा (माओवादी केन्द्र)का जंगबहादुर बरालले ८४२ मत ल्याएका छन् ।

०७९ को निर्वाचन जितेका कांग्रेसका लछुमन गुरुङको निधनपछि रिक्त पदमा उपनिर्वाचन भएको हो । एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गर्दै गुरुङ पालिका अध्यक्ष बनेका थिए । गुरुङ ४६० मतान्तरले निर्वाचित भएका थिए । उनले दुई हजार ९७९ र उपाध्यायले दुई हजार ५१९ मत पाएका थिए । 

एकीकृत समाजवादीबाट उमेदवार बनेका  शाहीले दुई हजार २६८, नेमकिपाका बमबहादुर सिंहले ५८, स्वतन्त्र उमेदवार विष्णुकुमार बुढाले २२ मत ल्याएका थिए । राप्रपाका राजबहादुर सिंहले १५ र अर्का स्वतन्त्र दिनेशबहादुर सिंहले एक मत ल्याएका थिए । ०७९ मा एकीकृत समाजवादीबाट उमेदवार बन्दा पराजित भएका शाही ०७४ सालमा एमालेबाटै पालिका अध्यक्ष जितेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro