site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको नयाँ दिल्लीमा हुने दुईदिने साझेदारी शिखर सम्मेलन २०२४ मा भाग लिन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयको आयोजनामा सोमबार र मंगलबार आयोजना हुने औपचारिक कार्यक्रमका निम्ति उनी भारत प्रस्थान गरेका हुन् ।

उक्त सम्मेलनमा सरकार–उद्योग साझेदारीलगायत विषयमा छलफल हुने जनाइएको छ । भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलको औपचारिक निमन्त्रणामा मन्त्री भण्डारी नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

उक्त शिखर सम्मेलनमा भारतसहित नेपाल, अल्जेरिया, बहराइन, भुटान, इजरायल, इटाली, दक्षिण अफ्रिका, कम्बोडिया, म्यानमार, कतार, सेनेगललगायत राष्ट्रका उद्योग तथा वाणिज्य र वित्तमन्त्रीहरूको सहभागिता रहने मन्त्री भण्डारीका स्वकीयसचिव आनन्द भट्टले जानकारी दिए । सम्मेलन नयाँ दिल्लीस्थित सुस्मा स्वराज भवनमा सम्पन्न हुने जनाइएको छ । रासस

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro