site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मतदान सकियो, झन्डै ६२ प्रतिशत मत खस्यो

काठमाडौंं । उपनिर्वाचनअन्तगर्तको मतदानका लागि निर्धारण गरिएको समय सकिएको छ । निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो ।

मतदानमा करिब ६२ प्रतिशत मत खसेको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

“मतदान शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । अहिलेसम्म करिब ६२ प्रतिशत मत खसेको विवरण आएको छ । सबै विवरण रुजु गर्न बाँकी छ,” उनले भनिन् । 

उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता छन् ।

आइतबार नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र ३३ वडाध्यक्ष गरी ४१ पदमा उपनिर्वाचन भएको हो ।

अधिकांश वडाहरूको मतपरिणाम आज राति १२ बजे नै आइसक्ने गरी गणना गरिने आयोगले जनाएको छ । एकमात्रै मतदान केन्द्र रहेका वडाको मतपेटिका अन्यत्र नलगी गणना हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro