site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अघिल्लो सरकारले ल्याएका ११ हजार 'नक्कली आयोजना' खारेज गर्छौं : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेटमा पास नभएका ११ हजार 'नक्कली आयोजना' अध्ययन गरेर खारेज गर्ने बताएका छन् । आइतबार मन्त्रालयमा पूर्वाधार पत्रकारसँग भएको छलफल कार्यक्रममा मन्त्री दाहालले नक्कली आयोजना खडा गरेर अनावश्यकरूपमा बजेटमा राख्ने प्रवृत्तिको सरकारले अन्त्य गर्ने बताए ।

उनले ११ हजार नक्कली आयोजनाको सन्दर्भमा प्रधानमन्त्रीले बारम्बार प्रश्न उठाएकाले मन्त्रालयले अध्ययन गरेर हटाउने बताए । उनले संसद्ले पास गरेको आयोजनाभन्दा कसरी बढ्यो भन्ने कुराको अध्ययन हुने पनि बताए । उनले भौतिक पूर्वाधार क्षेत्रमा धेरै समस्याहरू रहेको बताए ।

Dabur Nepal
NIC Asia

"एघार हजार नक्कली आयोजनाको सन्दर्भमा प्रधानमन्त्रीले उठाएको विषय हो, यी आयोजना कसरी बीचैमा त्यसरी आए । संसद्ले पास गरेको आयोजनाभन्दा कसरी बढ्यो भन्ने कुराको अध्ययन हुनुपर्छ यो अराजकता हो । नक्कली आयोजना खडा गरी अनावश्यक बजेट राख्ने प्रवृत्तिको बारेमा अध्ययन गरी ती आयोजनालाई डिलेट गर्नेबाहेक अरू उपाय छैन," उनले भने ।

उनले पछिल्लो समय पेचिलो बनेको निर्माण व्यवसायीको भुक्तानी आगामी १५ दिनभित्रै गत आर्थिक वर्षमा पाउने रकम भुक्तानी गर्ने पनि बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro