site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मतदान गर्न पाउने नागरिकको अधिकारको सदुपयोग गर्नुस् : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्ष पदको उपनिर्वाचनअन्तर्गत मतदान गरेका छन् । आइतबार बिहान उनले पकनाजोलस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

०७९ को निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधनपश्चात् उपनिर्वाचन भएको हो । मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा उपप्रधानमन्त्री सिंहले उपनिर्वाचनका निम्ति राम्रो व्यवस्थापन गरिएको पाएको बताए ।

उनले बिहानको समयमा चिसो भएकाले आमनागरिक नआए पनि दिउँसो आफ्नो मताधिकार प्रयोग गरेर राम्रो वडाध्यक्ष चयन गर्न मतदाता आउने अपेक्षा गरे । उनले मतदान गर्न पाउने नागरिकको अधिकारको सदुपयोग गर्न आह्वान गरे ।

“बिहानको समय छ । काठमाडौंको मौसम ठण्डाठण्डा भएको हुनाले अलि घाम लागेपछि यहाँ भीडभाड बढ्ला,” उनले भने, “निर्वाचनको व्यवस्थापनदेखि सबै कुरा राम्रो छ । बढीभन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गरेर एउटा राम्रो वडाध्यक्ष बन्नको लागि मतदान गर्नुहोला । यो तपाईंहरूको अधिकार हो, त्यसको सदुपयोग गर्नुहोला ।”

काठमाडौं–१६ मा कांग्रेसबाट देवेन्द्र पाठक, नेकपा (एमाले)बाट लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रोजिना श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)बाट नेकपा (माओवादी केन्द्र)को समर्थनमा मीनबहादुर मानन्धर चुनावी प्रतिस्पर्धामा छन् । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  ११:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro