site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्रामथानका सबै केन्द्रमा मतदान जारी

विराटनगर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि मतदान जारी छ । निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार सबै मतदान केन्द्रमा बिहानबाट मतदान सुरु भएको हो ।

सहायक निर्वाचन अधिकृत रामराज पौडेलले बिहानदेखि नै मतदाता लाइनमा बसेको जानकारी दिए ।

सबैभन्दा पहिले ग्रामथान–१ को खुनियाकट्टास्थित बेगनलाल आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान सुरु भएको हो । सात वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र तोकिएको छ ।

ग्रामथानको अध्यक्ष पदमा कांग्रेसबाट बलराम सरदार, एमालेबाट तुलसीराम विश्वास, माओवादी केन्द्रबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जसपाबाट धर्मेन्द्रकुमार चौधरी उमेदवार छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro