site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजा युद्धविराम वार्ताका निम्ति हमास प्रतिनिधिमण्डल छलफलमा
फाइल तस्बिर : रोयटर्स ।

गाजा । गाजापट्टीमा युद्धविराम सम्झौताका निम्ति इजिप्टका अधिकारीहरूसँग वार्ता गर्न हमासको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार कायरो आइपुग्नेछ ।

जारी द्वन्द्व अन्त्य गर्ने सहमतिबारे उक्त प्रतिनिधिमण्डलले इजिप्टका अधिकारीहरूसँग छलफल गर्नेछ । इजिप्टको अनुरोधमा वार्ता सुरु गरिएको हमासले जनाएको छ ।

हमास इजरायली सेना फिर्ता गर्न र विस्थापित मानिसलाई फर्कन अनुमति दिने सम्झौतामा पुग्न तयार रहेको स्रोतले जनाएको छ । उक्त छलफलमा मानवीय सहायताको प्रवेश पनि समावेश हुनेछ ।

इजरायलले सन् २०२३ अक्टोबर ७ देखि हमासविरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । उक्त आक्रमणमा हालसम्म लगभग १२ सय इजरायली मानिस मारिएका छन् ।

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४४ हजार ३६३ पुगेको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro