site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनपीएल आजदेखि, उद्घाटन खेलमा जनकपुर र विराटनगर भिड्दै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आज (शनिबार)देखि सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा आज विराटनगर किंग्स् र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रतियोगिताको अघिल्लो दिन (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा विराटनगर किंग्स्का कप्तान सन्दीप लामिछानेले मैदान बाहिर आफू र जनकपुर रोयल्सका कप्तान अनिल साह साथी भए पनि मैदानभित्र प्रतिस्पर्धी रहेको बताए ।

Dabur Nepal
NIC Asia

"मैदानभित्र प्रतिस्पर्धा भइ नै हाल्छ । मैदानबाहिर हामी मिल्ने साथी हौँ । मैदानमा उत्रिएपछि सबैको लक्ष्य जित नै हुन्छ । हामी पनि त्यसैका लागि खेल्ने छौँ", विराटनगरका कप्तान सन्दीपले भने ।

यता, उद्घाटन खेलमा कस्तो रणनीति हुनेछ ? भन्ने प्रश्नमा जनकपुरका कप्तान अनिलले भने मैदानभित्र प्रदर्शन देखाउने बताए । "अहिले भन्नलाई केही पनि छैन । खेलमा सबै देख्नुहुन्छ नै", अनिलले भने ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल मध्याह्न १२ः१५ बजेदेखि सुरु हुनेछ ।

आगामी पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर किंग्स्, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्यले प्रतिस्पर्धा गर्दै छन् । सिंगल राउन्ड रोबिन लिग पद्दतिमा हुने प्रतियोगितामा कुल ३२ खेल हुनेछन् । जसमा लिग चरणमा २८, प्लेअफमा तीन र फाइनलको एक खेल समावेश छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  ०६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro