site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुरुङमार्ग निमार्णकाे क्रममा घरमा चिरा परेपछि चन्द्रागिरिका स्थानीय आन्दोलित

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा स्थानीयले उचित क्षतिपूर्ति नपाएसम्म सुरुङमार्गकाे काम अघि बढ्न नदिने चेतावनी दिएका छन् । स्थानीयले सुरुङमार्ग निमार्णकाे क्रममा घरहरूमा चिरा परेकाे, बैंकले सुरुङमार्ग आसपासका घरजग्गालाई धिताेमा राख्न नमानेको र पानी सुकेकाे गुनासोसहित ६ दिनदेखि आन्दोलन गरिरहेका छन् । उनीहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने माग राखेर सुरुङमार्गकाे काम ठप्प पारेका छन् ।

आफूहरूका मागबारे पटकपटक सरकारले आश्वासन देखाए पनि आयाेजनाले बेवास्ता गरेको स्थानीयको गुनासो छ । उनीहरूले चन्द्रागिरि नगरपालिकाले पनि स्थानीयकाे मागमा सकारात्मक तवरले सहजीकरण नगरिदिएकाे गुनासो गरेका छन् ।

Dabur Nepal
NIC Asia

काठमाडौंदेखि धादिङसम्म ९३ घर समस्यामा रहेको सुरुङमार्ग पीडित संघर्ष समितिका संयाेजक रवि दानीले बताए । उनले क्षतिपूर्ति नपाएसम्म सुरुङमार्गको काम अगाडि बढ्न नदिने पनि बताए ।

"नागढुंगा सुरुङमार्ग आयाेजनाले स्थानीय जनताकाे माग र क्षतिपूर्ति उपलब्ध नगराएसम्म अवरोध रोकिँदैन । क्षतिपूर्ति नपाएसम्म निमार्ण कार्य अघि बढ्न दिन्नौँ," दानीले भने ।

स्थानीय अवराेधका कारण सुरुङमार्गको निर्माण कार्यमा ढिलाइ भइरहेकाे जनाएको छ । अहिलेसम्म ८२ प्रतिशत काममात्र सकिएको छ । अवरोधकै कारण दैनिक १२० मिटर ढलान हुनुपर्ने काम पनि राेकिएकाे छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro