site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मानव तस्करीमा कोसी प्रदेशका पूर्वमन्त्री अधिकारीविरुद्ध सर्वोच्चमा रिट
फाइल तस्बिर ।

काठमाडौं । मानव तस्करीको विवादमा तानिएका कोसी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिलको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जिल्ला सरकारी वकिल र अधिकारीलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका हुन् ।

त्रिपाठीले बाह्रखरीसँग भने, “पूर्वप्रदेशमन्त्री लीलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने/प्रतिवादी नबनाउने निर्णय प्रथम दृष्टिमै बदनीयतपूर्ण एवं स्वेच्छाचारी भएकोले उत्प्रेषणको आदेशद्वारा बदर गरी निज लीलाबल्लभ अधिकारीलाई तत्काल पक्राऊ गरी प्रभावकारी अभियोजन गर्नु भनि सर्वोच्चमा रिट पेस गरेको छु ।”

त्रिपाठीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्णय बदर गरी पक्राउ र मुद्दा चलाउन अन्तरिम आदेश समेत माग गरेका छन् । उनको रिट सर्वोच्चमा दर्ता भने भइसकेको छैन । सर्वोच्च प्रशासनले रिट दरपिठ गरे दरपिठविरुद्ध निवेदन लिएर इजलास जाने त्रिपाठीको तयारी छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro