site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
श्रीकृष्ण सिंखडाको नयाँ गीत सार्वजनिक

काठमाडौं । कलाकार श्रीकृष्ण सिंखडाले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘घाँस दाउरा पानी’ सार्वजनिक गरेका छन् । गीतमा शब्द, संगीत र स्वर सिंखडा स्वयंको छ । संगीत संयोजन सञ्जय खड्गीको छ ।

नेपाली ग्रामीण परिवेशलाई गीतले समेटेको छ । “गाउँमा बस्ने अधिकांश नेपालीको जीवन घाँस, दाउरा, पानी र हलो गर्दै बित्छ,” सिंखडा भन्छन्, “तर, अहिले गाउँका युवा विदेशमा छन् । गाउँ रित्तो भएको छ ।” 

रित्तिएका गाउँका देउराली परिदेसिएका युवालाई पर्खिएर बसिरहेको वास्तविकता गीतले उठान गरेको उनले बताए । गीतले समाजको वास्तविकतालाई उजागर गरेको उनको भनाइ छ । 

केही समयअगाडि उनको अर्को गीत ‘हारेर हेर जिन्दगीमा’ सार्वजनिक भएको थियो । यो गीत समग्र मानवको स्वभाव र त्यसले सिर्जना गरेको परिस्थितिमा केन्द्रित रहेको उनी बताउँछन् । 

“अहिले हरेक मानिस आफू जित्न चाहन्छ । जित्ने दौडमा रहेको मानिस हार्न चाहँदैन । तर, एउटाले नहारी अर्कोले जित्दैन,” सिम्खडा भन्छन्, “समाजको यो लडाइँलाई गीतले समेटेको छ ।” 

पछिल्लो समय उनी कविता वाचनमा पनि केन्द्रित छन् । विद्यालयमा पुगेर उनले कविता वाचन गर्दै आएका छन् । बालमनोविज्ञानमा कविताप्रति सकारात्मक छाप परोस् भनेर विद्यालयमा कविता वाचन गर्ने गरेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro