site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने 

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आज (मंसिर ११ गते)देखि आवेदन दिन सकिनेछ । गएको कात्तिक २६ गतेसम्म कायम सेयरधनीले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ६२.२५६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यो कम्पनीको १०० कित्ता सेयर हुनेले ६२.२५६ कित्ता सेयरमा आवेदन दिन सक्नेछन् ।

Dabur Nepal
NIC Asia

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक २७ गते बुक क्लोज गरेको थियो । कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले उक्त हकप्रद सेयरका निम्ति आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको हकप्रद सेयरमा आउँदो पुस १ गतेसम्म आवेदन दिन सकिनेछ ।

इन्स्योरेन्सले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

इन्स्योरेन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै एनएलजी इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रीय कार्यालय र लक्ष्मी सनराइज बैंकका काठमाडौं उपत्यकाबाहिरका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ ।

यसका साथै सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले विकास गरेको मेरोसेयर वेबसाइटमार्फत आवेदन दिन सकिने जनाइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  ०९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro