site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रास्वपा सभापति रविलाई आज काठमाडौं ल्याइँदै 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ । 

सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रविलाई आज पोखराबाट काठमाडौं ल्याउन लागिएको हो । 

काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई ल्याउन लागिएको प्रहरीले जनाएको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा काठमाडौंमा उजुरी परेपछि पोखरामा प्रहरीको हिरासतमा रहेका उनलाई काठमाडौं ल्याउन लागिएको हो । 

“आज साँझसम्म काठमाडौं ल्याइनेछ,” काठमाडौं प्रहरीका एक उच्च अधिकारीले बाह्रखरीसँग भने, “बयान नसकिँदासमेत काठमाडौं राखेर पुनः फिर्ता गरिनेछ ।”

यसअघि कुमार रम्तेल र छविलाल जोशीलाई पनि काठमाडौं झिकाएर बयान लिएपछि पोखरा फिर्ता गरिएको थियो । 

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो । 

उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  ०७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro