site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धितोपत्र बोर्ड अध्यक्षका आकांक्षी अधिकारी र कार्कीले दिए अन्तर्वार्ता, चापागाईंको मोबाइल अफ

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका आकांक्षी डा. नवराज अधिकारी र कृष्णबहादुर कार्की अन्तर्वार्ता र प्रस्तुतीकरणमा सहभागी भएका छन् । आइतबार अन्तर्वार्ता र प्रस्तुतीकरणमा सहभागी भएर अर्थ मन्त्रालयबाट बाहिरिएका छन् । अर्का आकांक्षी चिरञ्जिबी चापागाईं भने सहभागी भएनन् ।

‘सर्टलिस्ट’मा परेका पाँचजनामध्ये चापागाईं, कार्की र अधिकारी पहिलोपटक अन्तर्वार्ता तथा सहभागी नभएका बोर्ड अध्यक्षका उमेदवार हुन् । अध्यक्ष सिफारिस समितिले पहिलोपटक सर्टलिस्टमा परेकालाई असार २ गते अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाएको थियो ।

पाँचजनामध्ये सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ असार २ गते नै अन्तर्वार्ता तथा प्रस्तुतीकरणमा सहभागी भए । त्यसपछि बोलाउँदा तीनजना सहभागी भएका थिएनन् ।

अध्यक्षका आकांक्षी चापागाईं फोन अफ गरेर बसेका छन् । यद्यपि, उनलाई केही समय पर्खने सिफारिस समितिले जनाएको छ । उनी आजको अन्तर्वार्ता तथा प्रस्तुतीकरणमा सहभागी नहुने सम्भावना छ । अन्तर्वार्ता र प्रस्तुतीकरणमा सहभागी चारमध्ये अध्यक्ष छनोट समितिले तीनजनाको नाम मन्त्रिपरिषद्मा बुझाउनेछ ।

अध्यक्ष सिफारिस समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी संयोजक छन् । अर्थसचिव डा. रामप्रसाद घिमिरे र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro